समृद्धि ल्याउन सहकारीको भूमिका महत्वपूर्ण : मन्त्री अर्याल

मोरङ– मुलकमा समृद्धि ल्याउन सहकारीको महत्वपूर्ण भूमिका रहने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताएकी छन्।

शनिबार विराटनगरमा राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन सम्बन्धि आयोजित एक दिने प्रदेशस्तरीय गोष्ठीका क्रममा मन्त्री अर्यालले सरकारको समृद्ध नेपाल र सुखी नेपाली नारा साकार पार्न सरकारीको अहम भूमिका रहने जानकारी दिइन्।

समृद्धिका लागि निजि क्षेत्र र सहकारीलाई साथै लिएर अघि बढ्न सरकार सहयोग गर्न तयार रहेको स्पस्ट पारिन्।

कार्यक्रममा प्रदेश एकका सबै जिल्लाका प्रतिनिधिहरुको सहभागिता थियो। सो अवसरमा सहकारी नीतिहरुलाई परिमार्जन गर्ने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ।

राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पोडैलको अध्यक्षतामा सम्पन्न भएको सो गोष्ठीमा नेपाल सरकारका पूर्व सह– सचिव सुदर्शनप्रसाद ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए। प्रत्येक ५ वर्षमा सहकारीको राष्ट्रिय नीति पुनरावलोकन गर्ने प्रावधान रहेको छ।

जेठ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्