कृषि क्षेत्रको विकासमा सरकार द्रुत गतिमा अघि बढ्छ : मुख्यमन्त्री राई

मोरङ– प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कृषि क्षेत्रको विकासमा सरकार द्रुत गतिमा अघि बढ्ने बताएका छन्।

सुनसरीको इटहरीमा निर्माणधीन एक उद्योगको शनिबार शिलान्यास गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकरको प्राथमिकतामा रहेको कृषि क्षेत्रको विकासका लागि सरकार लागि परेको बताएका थिए।

विज्ञापन

२८ करोड रुपैयाँको लागतमा निर्माणाधीन मिल्क पाउडर उद्योगको शिलान्यासका क्रममा उनले मुलकको आर्थिक क्षेत्र मजबुत बनाउन कृषि नै मुख्य स्रोतका रुपमा रहेको हुनाले यस क्षेत्रमा निर्धक्क लगानी गर्ने बताए।

मिल्क होलिडेको अन्त्यका लागि प्रदेश सरकारको २० करोडको अनुदानमा कामधेनु दुग्ध सहकारी संस्थाले पाउडर प्लान्टको स्थापना गर्ने भएको हो।

करिब २८ करोडको लागतमा निर्माणधीन प्लानका लागि ७० प्रतिशत रकम अर्थात २० करोड प्रदेश सरकारले अनुदान उपलब्ध गराएको हो।

जेष्ठ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्