विश्वकप क्रिकेटः अफगानिस्तानले दियो अष्ट्रेलियालाई २०८ रनको लक्ष्य

एजेन्सी– १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भइरहेको दोस्रो खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई २ सय ८ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८ ओभर दुई बलमा अलआउट हुँदै २ सय ७ रन बनाएको हो।

अफगानिस्तानका लागि नाजिबुल्लाह जार्दनले ५१, राहमत शाहले ४३, गुल्बादिन नाइवले ३१, रासिद खानले २७, हाश्मतुल्लाह शाहिदीले १८ र मुजिव उर रहमानले १३ रन बनाए।

अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका अदाम जम्पा र प्याट कमिन्सले समान तीन– तीन, मार्कुस स्टोनिसले दुई र मिचेल स्टार्कले एक विकेट लिए।

२०८ रनको लक्ष्य पाएको अष्ट्रेलिया केहिबेरमा जवाफी ब्याटिङ गर्दैछ।

जेठ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्