दरबार हत्याकाण्डको १८ वर्ष

राजा मारिए, अझै जिउँदो छ हत्यामाथिको राजनीति

राजा मारिए, अझै जिउँदो छ हत्यामाथिको राजनीति

हरेक वर्ष जेठ १९ मा केही व्यक्तिहरु राजा वीरेन्द्रलाई सम्झन्छन, फूल चढाउँछन् श्रद्धाञ्जलीमा।

उनीसहित उनको परिवारको वशं नास भएको १८ वर्ष पूरा हुँदा यो कर्मकाण्डी जारी छ।

एकथरी हत्याबारे छानबिन गर्न गठित प्रधानन्यायधीश केशवप्रसाद उपाध्यायको आयोगको ‘दीपेन्द्र नै हत्यारा हुन्’ भन्ने निष्कर्षलाई ठाडै चुनौती दिन्छ। प्रत्यक्षदर्शीहरुका बयानलाई विश्वास गर्दैनन्।

के विवाद जारी रहेमा राजनीति गर्न पाइन्छ भन्ने मानसिकताबाट मात्र दलीय राजनीति निर्देशित भई रहने? राजनीतिक स्वार्थका लागि निर्दोषलाई दोषी देखाउने राजनीति र प्रवृति मानवीय हुन सक्दैन।

आवश्यक सम्झे सरकारले छानबिन गर्न सक्छ । अन्यथा पुरानो प्रतिवेदन र त्यसका निष्कर्षलाई उसले स्वीकार्नुपर्छ, नैतिक र प्रशासनिक दुवैरुपमा ।

यो भिडियो रिपोर्ट

जेष्ठ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्