कामना सेवा विकास बैंकले खाेल्याे विराटनगर र इटहरीमा नयाँ शाखा

काठमाडौँ– कामना सेवा विकास बैंकले प्रदेश एकको विराटनगर र इटहरीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकको विराटनगरको धरान रोड र सुनसरीको इटहरी चोकमा आफ्नो ८५ औँ र ८६ औँ शाखा आइतबारबाट सञ्चालनमा आएको हो।

बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाको कारोबार आइतबारबाट सुरु भएको हो। कार्यकारी अधिकृत बस्नेतले प्रदेश एकमा बैकको सातवटा शाखा पुगेको जानकारी दिए।

बैंकले देशका विभिन्न भागमा ८६ शाखा कार्यालय र ३९ एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ। बैकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवा समेत उपलब्ध गराउँदै आएको छ।

जेठ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्