नक्कली प्रमाणपत्र पेश गर्ने न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – न्यायपरिषदले तत्कालिन जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरूद्ध नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै कारबाही सिफारिस गरेपछि जिल्ला न्यायाधीशबाट दुई हप्ता अघि राजीनामा दिएका उपाध्यायलाई मंगलबार परिषदले बर्खास्त गरेको थियो ।

भ्रष्टाचार गरेको अभियोगमा न्यायाधीशविरुद्ध नै मुद्दा परेको यो पहिलोपटक हो । परिषदको दाबी ठहरे उनलाई १० देखि २० हजारसम्म जरिवाना र ६ महिनादेखि एकवर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

भारतको कानपुर विश्वविद्यालय (हाल छत्रपति साहुजी महाराज विश्वविद्यालय) बाट स्नातक तहको नक्कली प्रमाणपत्र पेश गरी २५ वर्ष अघि उनले जागिर खाएको छानबिनका क्रममा फेला परेको परिषदले जनाएको छ ।

जेठ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्