फोटो फिचर

राजा वीरेन्द्रप्रति श्रद्धान्जली अपर्ण गर्दै शुभेच्छुकहरु नारायणहिटी अगाडि

काठमाडौँ-  आज जेठ १९ गते, राजा वीरेन्द्रको वंश नाश भएको १८ वर्ष पूरा भएको छ। उदार, विकास प्रेमी र लोकप्रिय राजाको छवि बनाएका राजा वीरेन्द्रलाई आजका दिन उनका शुभेच्छुकहरुले श्रद्धाञ्जली दिएका छन्।

ललितपुरस्थित वीरेन्द्रको शालिकामा उनीहरुले माल्यार्पण गरेका छन्। साथै  शुभेच्छुकहरुले नारायणहिटी अगाडि दिप पज्वलन समेत गरेका छन्।

विज्ञापन

यस्तै राजदरबार परिसरमा रहेको नारायणथान मन्दीरमा पनि भागवत महापुराण वाचन सुरु गरिएको छ।

ललितपुरस्थित वीरेन्द्रको शालिकामा माल्यार्पण गर्दै एक शुभेच्छुक

जेष्ठ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्