कावासोतीमा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौँ– एनआईसी एशिया बैंकले नवलपरासीको कावासोतीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएकाे छ।

बैंकले शुत्रबारबाट नवलपरासीको कावासोती नगरपालिका वडा नं. ६, विष्णुनगरमा २९ औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। शाखारहित बैंकिङ सेवाको कावासोती नगरपालिकाका मेयर प्रेम शंकर मर्दानियाले  उद्घाटन गरे।

उक्त सेवा मार्फत ग्रामिण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नै गाउँमा स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन्। जसबाट ग्राहकहरुले निक्षेप खाता खोल्ने, रकम जम्मा गर्ने तथा झिक्ने, मोवाइल रिचार्ज गर्ने, टेलिफोनको महशुल भुक्तानी गर्ने लगायतका विभिन्न सेवा प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया बैंकले हाल देशभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ४१ वटा एक्स्टेन्सन काउण्टर र २९ वटा शाखारहित बैकिङ मार्फत आफ्ना १६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

जेठ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्