अति प्रशोधित खाद्यान्नका कारण मृत्यु चाँडो!

हालै सार्वजनिक भएका दुई विस्तृत अनुसन्धान प्रतिवेदन अनुसार अत्याधिक प्रशोधन गरिएका खाद्यान्न सामग्री प्रयोग गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग, स्ट्रोक तथा असमयमै मृत्यु हुने सम्भावना बढी हुने देखिएको छ ।

बिएमजे जर्नलमा प्रकाशितका अनुसन्धान प्रतिवेदनमा अति प्रशोधित खाद्य सामग्री स्वास्थ्यका लागि हानिकारक रहेको उल्लेख छ । प्याकेजिङ्ग गरिएका खाना खाने व्यक्तिमा जोखिम उच्च हुने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

चिप्स, मिठाईँ तथा फास्टफुडसहितका जंक फुड मात्रै नभएर ब्रेड, प्रशोधन गरिएको मासु, सस, फ्रिज गरिएका खानाहरुले पनि असर गर्ने देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । फ्रान्सका एक लाख वयश्कहरुमा पाँच वर्षसम्म अनुसन्धान गरिएको हो ।

अति प्रशोधित खाद्य पदार्थ प्रयोग गर्नेमा त्यस्ता सामग्री प्रयोग गर्नेमा कार्डिओभास्कुलर समस्याको जोखिम २३ प्रतिशतले बढेको छ । योसँगै व्यायाम बढी वा कम गर्ने तथा अस्वस्थ व्यवहार गर्नेहरुमा पनि जोखिम बढी रहेको वैज्ञानिकले उल्लेख गरेका छन् ।

जेष्ठ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्