सात दिनदेखि रुकुमकोट अन्धकारमा

रुकुम पूर्व – विद्युत सेवा अवरुद्ध हुँदा सात दिनयता जिल्ला सदरमुकाम रुकुमकोटलगायत अन्य केही क्षेत्र अन्धकार भएका छन् ।

बाफीकोट गाउँपालिका–१ रुकुम (पश्चिम) मा रहेको नवभिजन जलविद्युत आयोजनाको पावर हाउसमा रहेको पेनस्टिक पाइप धरापमा पर्दा विद्युत सेवा अवरुद्ध भएको हो ।

विद्युत सेवा अवरुद्ध हुँदा जिल्लास्थित सञ्चार माध्यम बन्द हुनाका साथै सरकारी कामकाजमा पनि समस्या सिर्जना भएको सञ्चारकर्मी सञ्जयनाथ योगीले बताए ।

विद्युत सेवा नभएका कारणले बैंक तथा सरकारी कार्यालयमा इन्टरनेट नहुँदा सेवा सञ्चालनमा समस्या भएको छ । पेनस्टिक पाइप अड्याउने मेशिनरी वाल लगाउने काम जारी रहेको र काम अन्तिम चरणमा पुगेको आयोजनाका अध्यक्ष दीपेन्द्र मल्लले बताए ।

जेठ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्