इटहरीका मेयरको धम्की : पत्रकारको नाकको डाँडी भाच्न एक करोड छुट्याएको छु

इटहरी उप-महानगरपालिकाका मेयर द्वारिकालाल चौधरी

मोरङ-पत्रकार बिराट अनुपमलाई सुनसरी इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कुटपिटको धम्की दिएका छन्।

अनुपमको समाजिक सञ्जालमा विभिन्‍न प्रतिक्रिया दिदै आएका मेयर चौधरीले पछिल्लो समय फोनमा धम्की दिदै नाक भाच्नका लागि १ करोड रूपैया छुट्टयाइएको बताएका छन्।

उनले फोन गर्दै भनेका छन्, ‘तिम्रो नाकको हड्डी भाच्‍न १ करोड छुट्टयाएको छु र एउटा घडेरी पनि छुट्टाएको छु’

केही समयअघि कर्मचारीमाथि हातपात र पत्रकारलाई अभद्र व्यवहार गर्दै आलोचित मेयर चौधरी काठमाडौंमा बस्दै आएका छन्।

समाजिक सञ्जालमा समेत मेयर चौधरीले अब पालो तिम्रो भन्दै कमेन्ट गरेको गुनासो अनुपमले गरेका छन्।

जेष्ठ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू