टिपरले श्रीमतीको ज्यान लियाे, श्रीमान् गम्भिर घाइते

फाइल तस्बिर

वीरगञ्ज– बाराको कलैयामा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन्।

कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरमा ना ८ ख ३१२९ नम्बरको ट्रिप्परले ना १६ प ९७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकलमा सवार बाराको सिसवा महेशपुरकी ३५ वर्षीया खुश्वु नेशा खातुनको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान मोटरसाइकल चालक जाकिर हुसेन गम्भिर घाइते भएका छन्।

गम्भिर घाईते भएका जाकिरको कलैया अस्पतालमा उपचार भइरहेको छ।

वीरगञ्जबाट कलैया जाँदै गरेको टिपरले दिउँसो करिब १ बजे कलैया पिलुवा सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका २४ श्रीपुरमा श्रीमान् श्रमती सवार मोटरसाईकललाई ठक्कर दिएको थियो।

टिपर र टिपरका चालक सुरेन्द्र पटेललाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ।

जेठ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्