फोटो फिचर

मस्जिदमा नअटेपछि बाटोमै नमाज

नेपालगञ्ज – मुस्लिम समुदायले विशेष नमाज पाठ पढेर इद उल फित्र मनाएका छन् ।

नेपालगञ्जको विपि चोकस्थित मस्जिदमा भेला भएका मुस्लिम समुदायले संयुक्त नमाज पढेर इद उल फित्र मनाएका हुन् । मस्जिदमा नअटेपछि ठूलो संख्याले बाटोमै बसेर नमाज पढेका थिए । एक महिनासम्म रोजा बसेका मुस्लिम समुदायका व्यक्तिले संयुक्त नमाज पढेपछि एक अर्कालाई आर्शिवाद, शुभकामना आदान प्रदान गरेका थिए ।

विज्ञापन

शहरी विकास मन्त्री मो. इस्तियाक राईको उपस्थितिमा ठूलो संख्याले विपि चोकस्थित मस्जिदमा नमाज पढेका हुन् । नमाज समापनपछि मन्त्री राईले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधायुक्त हाम्रो समाजलाई एकताको सुत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुगोस् भन्ने कामना गरे ।

पूर्व सांसद भोला सिद्धिकीले देशको उन्नति, प्रगतिका साथै सबै जातजाती एकताबद्ध भई सद्भाव कायम होस् भन्ने शुभकामना व्यक्त गरे ।
नमाज समापन पछि शुभकामना आदान प्रदान गर्नका लागि प्रदेश सांसद सुरेन्द्र हमाल, नेपालगञ्जको मेयर धवलशमशेर राणा, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलगायत विपि चोकमा पुगेका थिए ।

विपि चोकमा नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग बाणिज्य संघले पानीको व्यवस्था गरेको थियो । कठोर ब्रत सकेका मुस्लिम समुदायलाई हिन्दुहरुले पानी बाँडेका थिए ।

जेष्ठ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू