अरबी पात्रो हिजरी संवत अनुसार दशौँ महिनाको पहिलो दिन बुधबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।

आशिर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । काठमाडौँका मस्जिदमा बुधबार बिहान नमाज पढेर शुभकामना आदान प्रदान गरी इद उल फित्र मनाएका छन् ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले काठमाडौँको कश्मिरी मस्जिदमा बुधबार देखिएको इदको रौनक केही तस्बिरमा समेट्ने प्रयास गरेका छन् ।