संघीय सरकारबाट झापाका स्थानीय तहका लागि कति बजेट?

विर्तामोड – आर्थिक वर्ष २०७६-७७ को बजेटमा झापाका लागि ५ अर्ब १५ करोड ५९ लाख रुपैयाँ विनियोजन भएको छ।

सरकारले स‌ंघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटबाट झापाका ८ नगरपालिका र ७ गाउँपालिकाका लागि उक्त रकम विनियोजन भएको हो।

विज्ञापन

बजेटमा सबैभन्दा बढी झापाको मेचीनगर नगरपालिकाका लागि ५७ करोड ४२ लाख विनियोजन गरिएको छ।

दमक नगरपालिकाका लागि ४९ करोड ६८ लाख रुपैयाँविर्तामोड नगरपालिकाका लागि ४५ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

गौरादह नगरपालिकाका लागि ३६ करोड ५८ लाख, शिवसताक्षी नगरपालिकाका लागि ४० करोड ३५ लाखभद्रपुर नगरपालिकाका लागि ३६ करोड ५१ लाखअर्जुनधारा नगरपालिकाका लागि ३४ करोड ८६ लाख रुपैयाँ बजेट छुट्याइएको छ।  नगरपालिकामध्ये सबैभन्दा कम कन्काई नगरपालिकाका लागि २८ करोड ०५ लाख विनियोजन गरिएको छ।

गाउँपालिकाहरुमध्ये सबैभन्दा बढी कमल गाउँपालिकालाई ३० करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ।

कचनकवल गाउँपालिकाका लागि २९ करोड १८ लाखगौरीगञ्ज गाउँपालिकाका लागि २४ करोड ४४ लाख र झापा गाउँपालिकाका लागि २५ करोड ९ लाख  रुपैयाँ बजेट विनियोजन गरिएको छ।

त्यसैगरी बाह्रदशी गाउँपालिकाका लागि २३ करोड २० लाखबुद्धशान्ति गाउँपालिकाका लागि २८ करोड १ लाख  र हल्दीबारी गाउँपालिकाका लागि २३ करोड १६ लाख रुपैयाँ छुट्याइएको छ।

जेष्ठ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू