भारतको शानदार बलिङ, दुई खेल हारिसकेको दक्षिण अफ्रिका संकटमा

एजेन्सी– १२ औँ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा  भारतले अहिले दक्षिण अफ्रिकासँग खेलिरहेको छ। टस जितेर ब्याटिङ थालेको दक्षिण अफ्रिका कमजोर स्थितीमा देखिएको छ। उसले २४ ओभरमा पाँच विकेट गुमाएर ९८ रन जोडेको छ।

दक्षिण अफ्रिकाका ओपनरद्धय क्वीन्टिन डी कक १० र हसिम अमला ६ रनमा पवेलियन फर्किए।  कप्तान फाप डू प्लेसिस ३८, भान डर डुसेन २२ र जेपी डुमिनी ३ रनमा आउट भए।

भारतका जसप्रित बुमराह र युभेन्द्र चाहलले दुई दुई विकेट लिए। २४ रन जोड्दा २ विकेट गुमाएको दक्षिण अफ्रिकाले २० औँ ओभरमा दुई विकेट गुमाएको थियो। ती दुवै विकेट चाहलले लिएका हुन्।

प्रतियोगितामा दक्षिण अफ्रिकाकाे यो तेस्राे खेल हाे। दक्षिण अफ्रिकाले यसअघिका दुवै खेल गुमाएकाे थियाे। पहिलाे खेलमा आयाेजक इंग्ल्याण्डसँग  पराजित भएकाे  दक्षिण अफ्रिका दाेस्राे खेलमा बङगलादेशसँग निराश  बनेको थियो।

जेठ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्