वीरगञ्‍जमा पानी प्रशोधन मेशिन प्रयोगविहीन, किनेर पानी पिउन बाध्‍य

सार्वजनिक स्थानमा राखिएका पानी प्रशोधन केन्द्रमा पानी थाप्न आएका एक बालिका। प्रशोधन मेसिन प्रयोगविहीन भएपछि सर्वसाधरण पानी किनेर पिउन बाध्य भएका छन्। तस्बिर- राम मण्डल/देश सञ्‍चार

वीरगञ्ज-वीरगञ्जका सार्वजनिक स्थानमा राखिएका पानी प्रशोधन मेसिन प्रयोगविहीन भएका छन्। पाँच वर्ष पहिले कलवार युवा समितिले घण्टाघर र नेपाल टेलिकमको कार्यालयमा बनाइ दिएको पिउने पानीको मेसिन प्रयोगविहीन भएको हो।

जमिनबाट चिसो पानी निस्कने गरी सार्वजनिक स्थानमा जडान गरिएका मेसिनमर्मत नहुँदा कामको शिलशिलामा वीरगञ्ज आउने सर्वसाधरण पानी किनेर पिउन बाध्य भएका छन्।

सार्वजनिक स्थानमा धारा नहुँदा विशेष पर्सा र बाराबाट दैनिक वीरगञ्ज आउने साधारण मर्कामा परेका छन्। छोराको उपचारका लागि विरगञ्ज आएकी बारा करैयाकी रञ्जु देबी पासवानले वीरगञ्ज आएपछि तिर्खा मेट्न पानी किनेर खानु परेको बताइन्।

दुईवटा मेशिन मध्ये एउटामा पानी नै आउदैन भने अर्कोमा आए पनि तातो पानीमात्र आउने गरेको कलवार युवा समितिका अध्यक्ष राकेश जैसवालले बताए।
वीरगञ्ज महानगगरालिकाका मेयर विजय सरावगीले समर्पण सेवा संस्थालाई घण्टाघरमा पिउने पानीको व्यवस्था गर्न दिइएको र उसले नसके महानगर आफैंले गर्ने बताए।

युवा समितिका अध्यक्ष राकेश जैसवाल मर्मतका लागि भारतबाट मिस्त्री आउनु पर्ने भएकाले पुनः प्रयोगमा ढिलाइ भएको जानकारी दिए। जैसवालले चाडै भारत मिस्त्री झिकाएर मर्मत गर्ने प्रयास समितिले गरिरहेको दाबी गरे।

जेठ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्