यस्तो ठाउँ जहाँ सबै ‘सामान फ्रि’मा !

एजेन्सी-अहिलेको युग पैसाको युग हो। पैसाबिना कुनै पनि चीज खरिद गर्न सकिँदैन। पैसा भएसी सबैचीज पाइन्छ। पैसा भए सबैले चाहन्छन्, पैसा नभए कसैले पनि सोध्दैनन्।तर एउटा यस्तो ठाउँ जहाँ पैसाबिनै सबै सामान नि:शुल्क पाइन्छ।

भारतको आसामको मोरीगाउँ जिल्लामा रहेको जुनबिल क्षेत्रमा एउटा यस्तो मेला लाग्छ जहाँ सबै सामान फ्रिमा किन्‍न पाइन्छ। उक्त मेलामा पहाडि जनजाती तथा मैदानी जनजातिहरुको संख्या बढी पुग्‍ने गर्दछन्। उनीहरु आफ्नो सामान बेच्‍नकै लागि मेलामा आउने गर्दछन्। प्रत्‍येक वर्ष यो मेला तीन दिनसम्‍म लाग्ने गर्दछ। यो परम्परा विश्‍वमै चकित पार्ने खालको रहेको छ।

विज्ञापन

यो मेलाको विशेषता भनेकै यहाँ आधुनिक पैसाको चलन कारोबारमा हुँदैन। यहाँ सामान किन्‍ने भनेकै आफ्नो सामान अरुलाई र अरुको सामान आफूसँग साट्ने गर्दछन्। दिउँसोको समयमा यहाँका मानिसहरु सामान लिएर आउँछन्। यहाँका मानिसहरु बोलीचालीमा मामा-मामी भनेर बोलाउने गर्दछन्। यो मेला कीब पाँच वर्षदेखि यसरी नै निरन्तर रुपमा लाग्दै आएको छ।

उनीहरुले यहाँ प्राय: कृषि जन्‍य सामग्रीहरु साट्ने गर्छन् जसमा अदरख, काँचो हल्दी, कुम्हर हुने गर्दछन्। साथै मैदानी समुदायका मानिसहरु पिठो, लड्डु, सुख्खा माछा लगायतका सामग्रीहरु साटासाट गर्ने गर्दछन्। यो मेलामा जोनबिल तालमा सामूहिक माछा मार्ने चलन समेत देखाउने गर्दछ।

मेलाको अन्तिम दिन भने ऐतिहासिक गोभा राजाको दरवारमा मेला लाग्‍ने गर्दछ।जसमा सबै जाति-जनजाति, धर्मका मानिसहरुले भाग लिने गर्दछन्।

जेष्ठ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्