रोयल इनफिल्ड क्लासिक–३५० सीसी गनमेटल ग्रे मोटरसाइकल नेपाली बजारमा

कठमाडौँ– नेपालका लागि रोयल इनफिल्ड मोटरसाईकलको आधिकारिक विक्रेता एभ.भी.दुगड ग्रुपको विवेक अटोमोवाइल्सले रोयल इनफिल्ड क्लासिक ३५० सीसी गनमेटल ग्रे मोटरसाइकल बजारमा ल्याएको छ।

रोयल इनफिल्ड क्लासिक–३५० सीसी मोटरसाइकलमा गनमेटल स्पोटी लूक, म्याट फिनिश र रियर डिस ब्रेकजस्ता विशेषता रहेका छन्।

विज्ञापन

विवेक अटोमोवाइल्स प्रालिले देशभरका आफ्ना १९ वटा शाखा एवं डिलरहरू मार्फत उक्त माेटरसाइकलकाे बिक्री वितरण शुरू गरेको छ ।

माेटरसाइकलकाे मुल्य तत्कालका लागि ५ लाख १५ हजार रुपैयाँ ताेकिएको छ।

जेष्ठ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्