विश्वकप क्रिकेटः बंगलादेशले दियो न्यूजिल्याण्डलाई २४५ रनको लक्ष्य

एजेन्सी– १२ औँ एक दिवसीय आईसीसी विश्व कप क्रिकेट प्रतियोगितामा बंगलादेशले न्यूजिल्याण्डलाई २४५ रनको लक्ष्य दिएको छ।

न्यूजील्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको बंगलादेश ४९ ओभर दुई बलमा अलआउट हुँदै २४४ रन बनाएको हो।

बंगलादेशका शकिब अल हसनले सर्वाधिक ६४ रन बनाए। यस्तै मोहम्मद सैफुद्दिनले २९, मोहम्मद मिथुनले २६, सौम्य सरकारले २५, तमिम इम्वालले २४, महमुदुल्लाहले २० र मुश्फीर रहिमले १९ रन जोडे।

बलिङतर्फ न्यूजिल्याण्डका म्याट हेनरीले सर्वाधिक चार विकेट लिए। यस्तै ट्रेन्ट बोल्टले दुई तथा लकी फर्गुसन, कोलिन डि ग्रान्धोम र मिचेल सान्टनरले समान एक– एक विकेट लिए।

जेठ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्