रोनाल्डो फेरि चम्किए अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

रोनाल्डो ह्याट्रिकले पोर्चुगल फाइनलमा

कप्तान तथा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा जित निकाल्दै पोर्चुगल युइएफए नेशन्स लिग फुटबलको फाइदलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्याण्डलाई ३–१ ले हराएको हो ।

पोर्चुगलको जितमा तीनै गोल रोनाल्डोले गरेका हुन् । स्वीट्जरल्याण्डका लागि रिकार्डो रोड्रिग्वेजले एक गोल फर्काए । ३४ वर्षका रोनाल्डोले २५ औँ मिनेटमा फ्रि किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा पछि परेको स्वीट्जरल्याण्डले ५७ औँ मिनेटमा पेनाल्टी पायो । त्यो अवसरलाई सदुपयोग गर्दै रोड्रिग्वेजले बराबरी गोल फर्काए ।

विज्ञापन

सुरुमा पोर्चुगलाई दिइएको पेनाल्टी रेफ्री फेलिक्स ब्रीचले भिएआरमार्फत स्वीट्जरल्याण्डलाई पेनाल्टी दिएका हुन् । तर खेलको अन्तिम समयमा रोनाल्डोले थप दुई गोल गरे । खेल अतिरिक्त समयमा धेकेलिने सम्भावना बढ्दै जाँदा रोनाल्डोले अन्तिम मिनेटमा निर्णायक भूमिका खेले । उनले बर्नार्डो सिल्भाको पासमा ८८ औँ मिनेटमा गोल गरे । त्यसको १०२ सेकेण्डपछि उनले फेरि गोल गरे र ह्याट्रिक पूरा गरे ।

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले जित निकाल्यो र युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफले पहिलो पटक आयोजना गरेको प्रतिस्पर्धाको फाइनलमा स्थान बनायो । अब उसले उपाधिका लागि बिहीबार हुने इंग्ल्याण्ड र नेदरल्याण्डसबिचको सेमिफाइनल विजेतासँग आउँदो आइतबार पोर्टोमा प्रतिस्पर्धा गर्नेछ ।

उमेर बढ्दै गए पनि रोनाल्डोले आफ्नो लय उत्कृष्ट देखाएका छन् । यो खेल अघि उनी पोर्चुगलका ८ अन्तर्राष्ट्रिय खेल मध्ये मात्रै दुई खेलमा सहभागी भएका थिए । टिम यो प्रतिस्पर्धाको सेमिफाइनलसम्म आइपुग्दा उनले खेलेनन् ।

गएको मार्चमा उनी युरोकप २०२० को छनौट अन्तर्गत सर्बिया र युक्रेनसँगको खेलमा मैदानमा छिरेका थिए विश्वकप २०१८ पछि राष्ट्रिय टिमको जर्सीमा ।

रोनाल्डोले राष्ट्रिय टिमबाट ८५ औँ गोल गरेको ३५० दिनपछि त्यसमा तीन गोल थपे । उनले पोर्चुगलका लागि गरेको गोल संख्या ८८ पुगेको छ । उनी राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने सर्वकालीन खेलाडीको सूचिमा दोस्रो स्थानमा छन् । इरानका अली दाइले १०९ गोल गरेका छन् ।