अन्तर्राष्ट्रिय मैदानमा रोनाल्डोको चमक

‘रोनाल्डोले तीन गोल गरे… र यो कुनै नौलो कुरा होइन’

क्रिष्टियानो रोनाल्डो आफ्नो ‘लाइमलाइट’ शायद बाँड्ने व्यक्ति होइनन् । उनले आफ्नो चमकलाई कायम राखिरहेका छन् आफूसँगै ३४ वर्षको हुँदा पनि एक उत्कृष्ट फुटबल खेलाडीका रुपमा ।

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले पहिलोपटक आयोजना गरेको नेशन्स लिग अन्तर्गत बुधबार राति भएको पोर्चुगल र स्वीट्जरल्याण्डबिचको सेमिफाइनल खेलको ५७ देखि ८८ औँ मिनेटसम्मको अवधि यो खेलको सबैभन्दा चर्चाको विषय बन्यो ।

किनकी ५७ औँ मिनेटमा सुरु पोर्चुगललाई दिएको पेनाल्टी भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) सँगको कन्सलटेसनपछि उल्ट्याएर रेफ्रीले स्वीट्जरल्याण्डलाई दिए । स्वीट्जरल्याण्डले बराबरी गोल फर्कायो ।

त्यसअघि रोनाल्डोले २५ औँ मिनेटमा फ्रि किक मार्फत उत्कृष्ट गोल गरेका थिए । पेनाल्टी पछिको अवधिमा त्यहि कुरा नै चर्चाको विषय बन्यो । खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी थियो, खेल अतिरिक्त समयमा धकेलिने सम्भावना बढ्दै थियो ।

घरेलु टोली पोर्चुगलका टलिस्मा रोनाल्डोले बाजी पुनः पल्टाए । ८८ औँ मिनेटमा गोल गरेका उनले त्यसको १०२ सेकेण्डपछि गोल गरेर ह्याट्रिक पूरा गरे । टिमलाई ३–१ को जित दिलाए । आफ्नो देशलाई आउँदो आइतबार पोर्टोमा हुने फाइनलमा लगे । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई ‘फुटबलिङ्ग जिनियस’ का रुपमा परिभाषित गरेका छन् ।

रोनाल्डो युरोपको मात्रै कुरा गर्ने हो भने राष्ट्रिय टिमबाट सर्वकालीन सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पहिलो नम्बरमा छन् । तर विश्वकै कुरा गर्दा उनी दोस्रो नम्बरमा छन् । उनले पोर्चुगलका लागि १५७ खेलमा ८८ गोल गरेका छन् ।

रोनाल्डोले राष्ट्रिय टिमबाट ८५ औँ गोल गरेको ३५० दिनपछि ह्याट्रिक गरेर गोल संख्या ८८ बनाए बुधबार राति । विश्व फुटबलमा सर्वाधिक गोलकर्ताको सूचिमा रोनाल्डो भन्दा अघि मात्रै इरनका अली दाइ छन्, जसले १४९ खेलमा १०९ गोल गरेका छन् ।

रोनाल्डोले राष्ट्रिय टिमबाट सातपटक ह्याट्रिक गरेका छन् । उनले क्लब र राष्ट्रिय टिमका लागि गरेको समग्र ह्याट्रिकको संख्या ५३ पुगेको छ ।

सन् २००३ देखि रोनाल्डोका प्रशिक्षक रहँदै आएका सान्तोसले उनलाई फुतबल जिनियसका रुपमा परिभाषित गर्दा पोर्चुगलका मिडफिल्डर बर्नार्डो सिल्भाले भने, ‘हामी उनको यस्तो प्रदर्शनमा परिचित छौँ, उनले यस्तो वर्षौँदेखि गर्दै आएका छन् र यो कसैका लागि आश्चर्यको कुरा होइन । उनले तीन गोल गरे… र यो कुनै नौलो कुरा होइन उनका लागि । उनीले खेलमा बारम्बार यस्तो गरिरहन्छन् ।’

जेठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्