बर्दिया राष्ट्रिय निकुञ्ज पर्यावरणीय हिसाबले नेपालको महत्वपूर्ण संरक्षण क्षेत्रमा पर्छ । विविध वन्यजन्तु तथा चराचुरुंगी एवम् जलचरहरुको बासस्थानका रुपमा यो राष्ट्रिय निकुञ्जले भूमिका निर्वाह गरेको छ ।

पाटेबाघ, गैँडा, हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज परिचित छ । यस्तै घाँसे मैदानयुक्त बर्दिया राष्ट्रिय निकुञ्जमा मृगहरुका हुल देख्न पाइन्छ । वन्यजन्तु अवलोकन रुचाउनेहरुका लागि यो राष्ट्रिय निकुञ्ज प्राथमिकताको केन्द्रमा पर्छ ।

विज्ञापन

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका मृगका हुलहरुलाई तस्बिरमा समेट्ने प्रयास गरेकी छन् ।

जेष्ठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू