फोटो फिचर

अँध्यारोलाई जितेर उदायो रातो घाम

अँध्यारोलाई जितेर उदाउने घामले उज्यालो बनाउँदै लैजान्छ जगत, सँगै आफ्नो रंग फेर्दै पनि जान्छ । हरेक बिहानै पूर्वबाट झुल्कने घाम रातो देखिन्छ ।
बिहान हुँदै गएपछि उसको रंग हल्का पहेँलो बन्दै छन् ।

भवनहरु अग्ला हुँदा काठमाडौँ खाल्डोबाट बिहान घामले आकार लिँदै गरेको र रंग फेर्दै गरेको देख्न मुश्किल पर्छ । उपत्यकाको काँठ क्षेत्रसहित देशका ग्रामीण बस्तीहरुबाट भने इच्छा हुने हो भने बिहानै घामका किरणको पहिलो स्पर्श र बदलिँदै गरेको उसको रंगको साक्षी बन्न पाइन्छ ।

विज्ञापन

अझ घना वन क्षेत्रमा रुखका हाँगाहरुको छेल छल्दै देखिने घामको दृश्यको रौनकता अर्कै हुन्छ ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले बर्दिया राष्ट्रिय निकुञ्जका रुखहरुलाई छिचोलेर देखिएको रातो घामका केही तस्बिर खिचेकी छन् ।

यो पनि पढ्नुहोस्

जेष्ठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्