नेपालगञ्जबाट फिर्ता भइन् राष्ट्रपति

नेपालगञ्ज – नेपालगञ्जको दुई दिने बसाई सकेर राष्ट्रपति विद्यादेवी भण्डारी राजधानी फिर्ता भएकी छन् ।

मंगलबार दिउँसो नेपालगञ्ज आइपुगेकी राष्ट्रपति भण्डारी बिहीबार बिहान ९.५३ बजे श्री एयरलाइन्सको जहाजबाट राजधानी फिर्ता भएकी हुन् । राष्ट्रपति भण्डारी नेपालगञ्ज आउँदा पनि श्रीएयरबाट नै आएकी थिइन् ।

नेपालगञ्ज बसाईका क्रममा राष्ट्रपति भण्डारीले पहिलो दिन मंगलबार अपरान्ह मुस्लिम समुदायको रोजा इफ्तारमा सहभागी भइन् ।

बुधबार बिहान बागेश्वरी मन्दिरमा पूजा गरिन् । त्यसपछि जीगाउँस्थित स्कूलको स्वर्णजयन्तीमा सहभागी भइन् । दिउँसो वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रमको उद्घाटन गरिन् ।

त्यसपछि डिभिजन वन कार्यालयमा आएर आँपको विरुवा रोपिन् । साँझ साढे बजेदेखि आठ बजेसम्म होटलमै उद्योगी, व्यापारी, चिकित्सक, पत्रकारलगायतको टोलीसँग भेटघाट गरिन् । गएरातीको भेटमा उद्योगी व्यापारीले राष्ट्रपति समक्ष आफ्ना समस्याहरु खुलस्त बताउन पाएका थिए ।

दुई रात सोल्टी होटलमा बसेकी राष्ट्रपति भण्डारी तेस्रो दिन विहानै राजधानी फिर्ता भएकी हुन् ।

जेठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्