विरगञ्जबाट मोटरसाईकल चोरी गर्ने तीन जना पक्राउ

वीरगञ्ज– प्रहरीले वीरगञ्जबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले मोटरसाईकल चोरेर लैजाँदै गरेको अवस्थामा बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २१ बस्ने ३९ वर्षीय नकुल रुम्बा तामाङ, मकवानपुर हेटौँडा उप–महानागर पालिका वडा नम्बर १ बस्ने ३४ वर्षीय रमेश लामा र वडा नम्बर १० बस्ने ५० वर्षीय अमित कुमार थापालाई पक्राउ गरेका हो।

विज्ञापन

उनीहरु तिनै जनालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बसपार्कबाट बा ४८ प १८४५ नम्बरको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुलाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जेष्ठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्