मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

फाइल तस्बिर

वीगरगञ्ज– पर्साको पोखरियामा श्रीमान–श्रीमती सवार मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ।

मोटरसाइकल अनियन्त्रि भएर दर्घटना हुँदा पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर १ बस्ने २१ वर्षीया प्रभावती देवीको मृत्यु भएको हो। दुर्घटनामा उनका श्रीमान २७ वर्षीय नितेश सहनी घाइते भएका छन्।

पोखरिया नगरपालिका वडा नम्बर ९ बैरियामा ना ११ प २१८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि नारायणी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नेशलन मेडिकल कलेज लगिएको थियो।

उपचारको क्रममा प्रभावतीको बिहीबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ।

जेष्ठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्