नेपालमा व्यवस्थापनसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन हुने

काठमाडौं-ललितपुरको कुमारीपार्टीस्थित मेघा नेशनल कलेजले व्यवस्थापन र प्रविधिसम्बन्धि दुई दिने अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

मेघा नेशनल कलेजले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी आगामी जेठ २५ र २६ गते व्यवस्थापन र प्रविधिसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो।

व्यवस्थापन र प्रविधिको क्षेत्रमा अन्तराष्ट्रिय विश्वविद्यालयहरुको अनुभव प्राप्त गर्ने उद्देश्यका साथ सो अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको कलेजका प्रिन्सिपल डा. घनश्यामप्रसाद साहले जानकारी दिए।

सम्मेलनमा चीन, अमेरिका, बेलायत, भारत, जर्मन, फ्रान्स र कोलम्बियाका विश्वविद्यालयका प्राध्यापकहरु सहभागी हुनेछन्।
सम्मेलनमा ४५ वटा व्यवस्थापन र प्रविधिसम्बन्धि कार्यपत्र प्रस्तुत हुनेछ।

अनुसन्धानकर्ताहरुले प्रस्तुत गर्ने कार्यपत्रबाट नेपालको विश्वविद्यालयले पनि व्यवस्थापन र प्रविधिको क्षेत्रमा भईरहेको विकासबारे सुसूचित हुन पाउने विश्वास लिइएको पनि कलेजले जनाएको छ।

जेठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्