सलमान खानको फिल्म ‘भारत’ को आक्रामक ब्यापार, पहिलो दिन ४२ करोड

एजेन्सी– ईदको मौकामा बुधबारदेखि प्रदर्शनमा आएको सलमान खानको फिल्म ‘भारत’ले बक्स अफिसमा आक्रामक ब्यापार गरेको छ।

फिल्मले पहिलो दिन बुधबार ४२.३० करोडको व्यापार गरेको बलिउड ब्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

अहिलेसम्म इदमा प्रदर्शनमा आएका सलमान खानका फिल्म मध्ये भारतले सर्वाधिक कमाउने फिल्मको रेकर्ड समेत बनाएको छ। यो रेकर्ड यसअघि सलमानको फिल्म सुल्तानको नाममा थियो। सुल्तानले पहिलो दिन ३६.५४ करोडको ब्यापार गरेको थियो।

२०१९ मा प्रदर्शनमा आएका बलिउड फिल्ममा ‘भारत’ सबै भन्दा बढी कमाउने फिल्म बनेको छ।

साथै ‘भारत’ सलमान खानका फिल्म मध्ये ओपनिङमा सबै भन्दा धेरै कमाउने  फिल्म पनि बनेको छ। यसअघि यो रेकर्ड ४०.३५ करोडको ओपनिङ गरेको फिल्म ‘प्रेमरतन धन पायो’ को नाममा थियो।

जेष्ठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्