राजपा निकट विद्यार्थीले घेरे प्रदेश-२को लोकसेवा कार्यालय

जनकपुरधाम– राष्ट्रिय जनता पार्टी (राजपा) निकट विद्यार्थीहरुले महोत्तरीको जलेश्वरमा रहेको प्रदेश दुईको लोक सेवा आयोगको कार्यालय घेराउ गरेका छन्।

लोक सेवा आयोगले हालै प्रकाशित गरेको विज्ञापन फिर्ता लिन माग गर्दै उनीहरुले आयोगको कार्यालय घेराउ गरेका हुन्।

विज्ञापन

आयोगको विज्ञापन समावेशी सिद्धान्त विपरित रहेको भन्दै राजपा निकट विद्यार्थीले संघीय सरकार र आयोग विरुद्ध नाराबाजी गरेको संघका महासचिव रञ्जित निष्पक्षले बताए।

आयोगको असमावेशी विज्ञापन खारेज नगरे सशक्त आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन्।

जेष्ठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्