करेन्ट लागेर अर्घाखाँचीमा एक जनाको मृत्यु

बुटवल– अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने २२ वर्षीय जगदिश तिमिल्सिनाको मृत्यु भएको हो।

अछाम घर भएका २२ वर्षीय जगदिश तिमिल्सिनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरी चौकी पालीका प्रमुख रामनारायण चौधरीले जानकारी दिएका छन्।

पाणिनी गाउँपालिका–७ मा कोठामा बस्ने तिमिल्सिना स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। उनलाई उपचारका क्रममा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।

जेठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्