१५ हजार घुससहित प्रहरी इन्स्पेक्टर पक्राउ

बुटवल– अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रुपन्देहीका एक जना प्रहरी इन्स्पेक्टरलाई घुससहित नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालका अनुसार इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रमुख केशवबहादुर बस्नेतलाई १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।

आफ्नै कार्यालयमा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिँदै गर्दा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए।

जेष्ठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्