डोटीमा चट्याङ लागेर ६ जना घाइते, कैलालीमा भिषण हावाहुरी

हावाहुरीकाे घरकाे छानाे उडाएपछिकाे अवस्था।

धनगढी– डोटीको पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा चट्याङ लागेर ६ जना घाइते भएका छन्।

बिहीबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए। अहिले प्रहरी टोली घटनास्थल तर्फ गईरहेको उपरिक्षक माझीले बताए ।

कैलालीमा पनि अहिले हावाहुरी सँगै भिषण वर्षा भईरहेको छ। हावाहुरीका कारण ठुलो जनधनको क्षती हुनसक्ने अनुमान प्रहरीको छ। प्रहरीले हावा हुरी र पानी जारी रहेकाले कहाँ के भयो अहिले भन्न नसकिने बताएको छ।

घरबाट बाहिर निस्कने अवस्था छैन। विद्युत सेवा अवरुद्ध हुँदा चारै तिर अन्धकार रहेको छ। अहिलेपनि हावाहुरी र चट्याङसहित पानी परिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

जेष्ठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्