लोक सेवाको विज्ञापनविरुद्ध वीरगञ्‍जमा प्रदर्शन

वीरगञ्‍ज-लोकसेवा आयोगले हालै निकालेको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन समावेशी नभएको भन्दै बिरगञ्जमा बिहीबार त्यसको बिरोध प्रदर्शन गरिएको छ।बिरगञ्जको घण्टाघर चोकमा स्थानीय युवाहरुले लोकसेवा आयोगको बिज्ञापनको विरोध गर्दै प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शनमा सहभागी भएकाहरुले लोकसेवाको विज्ञापन खारेज गर,जनताको अधिकार कटौती गर्ने संविधान विरोधी संघीयता विरोधी विज्ञापन खारेज गर, आरक्षण बिनाको विज्ञापन खारेज गर,सिमान्तकृत समुदाय विरोधी लोकसेवा विज्ञापन खारेज गर,मधेसी बिरोधी लोकसेवा बिज्ञापन खारेज गर लगायतका अंकित ब्यानर बोकेर प्रदर्शन गरेका हुन्।

स्थानीय तहमा कर्मचारीको पदपूर्तिको लागि निकालिएको लोकसेवाको विज्ञापनमा संविधानमा उल्लेखित आरक्षणका कोटालाई नजर अन्दाज गरिएको र मधेसी जनजाति, महिला लगायतका कलस्टरलाइ छुटाइएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

उनीहरुले लोक सेवाले निकालेको विज्ञापन मधेसी, महिला,आदिवासी/जनजाति विरोधि भएको भन्दै त्यसलाई तुरुन्त खारेज गर्न माग गरेका थिए।

जेष्ठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू