कैलालीमा भीषण हावाहुरी : एक जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर, ६३ घाइते

काठमाडौं-कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा हावाहुरीमा परी एकजनाको मृत्‍यु भएको छ भने ६३ जना घाइते भएका छन्। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारी अनुसार बिहीबार ८: ४० बजेतिर आएको हावाहुरीमा परी तीन जनाको अवस्था गम्भीर रहेको छ।

यसका साथै हावाहुरीले घरको छाना उडाएको छ भने खेतवालीमा क्षति पुर्‍याएको छ। हावाहुरी लगत्तै जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण संकलन र उद्धार कार्यमा जुटेको छ।

हुरीले सबैभन्दा धेरै धनगढी उपहानगरपालिकाकामा क्षति पुगेको छ भने बिजुलीका पोलहरु र रुख ढलेर विद्युत सेवा बन्द भएको छ।

यता, कञ्‍चनपुरमा समेत हावाहुरीले खेतवालीमा प्रभाव पारेको डिएसपी दक्षकुमार बस्‍नेतले बताएका छन्। उनका अनुसार अहिले पनि वर्षा भइरहेको छ।

जेष्ठ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू