कैलालीमा हुरीको वितण्डा

मौसमविद भन्छन् पश्चिमी वायुकै प्रभाव हो तर …

काठमाडौँ – कैलाली कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा बिहीबार साँझ चलेको भीषण हावाहुरी पश्चिमी वायुकै प्रभाव रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम पूर्वानमान महाशाखाकी मौसमविद विभुति पोखरेलले प्रारम्भिक अध्ययनमा पश्चिमी वायुकै प्रभावका कारण हावाहुरी चलेको देखिएको बताइन् ।

उनले भारतको राजस्थान क्षेत्रको मौसमी प्रभाव नेपालको पश्चिमी भूभागमा देखिएको बताइन् । राजस्थान लगायतका क्षेत्रमा अहिले अधिकतम तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । धनगढी लगायतका क्षेत्रको तापक्रम ४३ डिग्रीसम्म पुगेको थियो ।

अहिले कैलाली लगायतका जिल्लामा आएको भीषण हावाहुरीको आफूहरुले पूर्वानुमान भने नगरेको मौसमविद पोखरेलले बताइन् ।

सामान्य मेघ गजर्नसहितको पानी पर्न सक्ने अनुमान भएपनि भीषण र भयावह हावाहुरीको पूर्वानुमान नरहेकोले थप अध्ययन भने आवश्यक रहेको पोखरेलको भनाई छ ।

उनले आज (शुक्रबार) पश्चिमी क्षेत्रको मौसम सफा रहने तर मध्य र पूर्वका क्षेत्रमा बदली कायम रहने सम्भावना रहेको जानकारी दिइन् ।

जेष्ठ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू