पत्रकारलाई बाहिर निकालेर वाइडबडी भ्रष्टाचारबारे छलफल

अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठक । फाइल तस्विर ।

काठमाडौँ – संसदको अन्तर्राष्टिय सम्बन्ध समितिले दुईवटा वाइडबडी विमान खरिद सम्बन्ध गरेको उपसमितिको प्रतिवेदनमाथिको छलफलमा पत्रकारलाई निषेध गरेको छ।

नेपाल वायु सेवा निगमले ल्याएका दुई वाइडबडी जहाजमा भएको भ्रष्टाचारबारे सांसद दीपकप्रकाश भट्टको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रवितेदनमाथि छलफल गर्ने क्रममा शुक्रबार सभापति पार्वती खरेलले पत्रकारलाई समिति बैठकमा बस्न नदिएकी हुन्।

उपसमितिले प्रतिवेदन तयार पारेको दुई महिनाभन्दा बढी भए पनि अहिलेसम्म गोप्य राख्दै आएको छ। यसअघि संसदकै लेखा समितिले विमान खरिदबारे छानबिन गरेर चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकालेको थियो । लेखाको निर्देशनअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रक्रियाबारे छानबिन गरिरहेको छ ।

उपसमितिको प्रतिवेदनबारे आजै निचोड निकाल्ने भन्दै मर्यादापालक लगाएर पत्रकारहरुलाई बैठकस्थलबाट बाहिर निकालिएको छ।

सांसद दीपक प्रकाश भट्टको संयोजकतत्वमा गत मंसिरमा गठित उपसमितिले बुधबार बसेको समितिको बैठकमा सभापति पवित्र निरौला खरेललाई गत वैशाखमा प्रतिवेदन बुझाएको थियो।

उपसमितिका संयोजक सांसद भट्टले समितिलाई प्रतिवेदन बुझाउँदै पाँच महिनाको अवधिमा आफूहरुले निगमका दुई वाइडबडी खरिद प्रकरण, चिनियाँ जहाज खरिद र तिनको अवस्था तथा न्यारो बडी खरिदबारे पनि छानबिन गरेको बताएका थिए।

जेष्ठ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्