लुटेरालाई पक्राउ गर्न अपराध महाशाखाले गोली चलायो

काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लुटेरा समूहका एक सदस्यलाई पक्राउ गर्न गोली चलाएको छ।

राजधानीको अत्तरखेलमा ४० वर्षीय छिरिङ तामाङलाई नियन्त्रणमा लिन खोज्दा हतियार देखाएपछि गोली चलाउनु परेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए। दाहिने घुँडा मुनी दुई गोली लागेका छिरिङलाई वीर अस्पतालमा उपचारका लागि ल्याइएको छ।

यसअघि यो लुटेरा समूहका चार सदस्यलाई महाशाखाले शुक्रबार मात्र सार्वजनिक गरेको थियो। महाशाखाले समूहका फरार सदस्यको खोजी गरिरहेको थियो। समूहका केही सदस्य अझै फरार रहेको महाशाखाले जनाएको छ।

छिरिङविरुद्ध ६ वटा मुद्दा छन्। यसअघि उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन।

जेठ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्