वर्ल्डकप क्रिकेट अफर: सामसङका टिभी किन्दा ४४ प्रतिशत पैसा फिर्ता

काठमाडौं- आइसीसी क्रिेकेट वर्ल्डकप २०१९ का अवसरमा सामसङ इलेक्ट्रोनिक्स नेपालले ‘अन बक्स म्याजिक विथ एभरी हिट’ योजना ल्याएको छ।
 
यस योजना अन्तर्गत ग्राहकहरुले सामसङका टिभी खरिदगर्दा ४४ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन्।
 
यस क्याशब्याक अफरमा, ग्राहकहरुले काठमाडौँका सामसङ प्लाजा मार्फत टिभी खरिद गरी सरल किस्तावन्दीको सुबिधा समेत प्राप्त गर्न सक् कम्पनीले जनाएको छ। सरल सुविधा १२ महिना अवधिको हुने कम्पनीले जानकार दिएको छ।
 
ग्राहकहरुले सामसङ टिभि.खरिद गर्दा २ वर्षको वारेन्टी प्राप्त गर्ने छन्। जस अन्तर्गत टि.भिमा १ वर्षको वारेन्टी र थप १ वर्षको वारेन्टी सुविधा प्यानलमा मात्र प्राप्त हुनेछ। सो योजना जेठ १८ देखि असार ३० गते सम्म लागु हुने कम्पनीले जनाएको छ।
 
यो अफर नेपाल अधिराज्यभरिका सामसङ प्लाजा तथा हिम इलेक्ट्रोनिक्स प्रा. लि. र त्रिवेणी व्यापर प्रा लि.का डिलर सञ्जालमा आबद्ध आधिकारिका बिक्रेताहरु मार्फत प्राप्त गर्न सकिनेछ।
 
जेष्ठ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्