महालक्ष्मी लाईफ इन्स्योरेन्सले जीवन हेरचाह बीमा ल्याउने

काठमाडौँ-महालक्ष्मी लाईफ इन्स्योरेन्सले चौथो योजनाका रुपमा जीवन हेरचाह बीमा ल्याउने भएको छ। आइतबारदेखि सर्वसाधारणमा जीवन हेरचार बीमा ल्याउने भएको हो।

केटाकेटी र सन्तानको सुरक्षित भविषयलाई लक्षित गरी ल्याएको बीमा योजनामा अभिभावकको मूल्य भएमा इच्छाएको व्यक्तिलाई विमांक रकम एकमुष्ट भुक्तानी गरिने कम्पनीले जनाएको छ।

विज्ञापन

यस्तै बीमांक रकम भुक्तानी पछि पनि बीमाले निरन्तरता पाउँदै अवधि समाप्ति नभएसम्म प्रत्येक तीन–तीन महिनामा विमांक रकमको २.५ प्रतिशत बांकी जीवन निर्वाह भत्ता (पेन्सन)का रुपमा पाइरहने र बाँकी अवधिका लागि बीमा शुल्क तिर्नु नपर्ने र भुक्तनी अवधि समाप्त पछि पुनः बीमांक रकम र आर्जित बोनस एकमुष्ट भुक्तनी पाउने व्यवस्था इन्स्योरेन्स कम्पनीले गरेको छ।

यसका साथै प्रस्तावक दुर्घटनामा स्थायी अपाङग वा अशक्त भएमा बाकी अवधिको बीमा शुल्क छुट हुने र १२ वर्षसम्म त्रैमासिक रुपमा बीमांक रकमको २.५ प्रतिशत जीवन निर्वाह भत्ता दिने व्यवस्था समेत गरिएको छ।

बीमा बजारमा बच्चाको मूल्यु पछि बीमा योजना रद्ध हुने व्यवस्था रहे पनि महालक्ष्मी इन्स्योरेन्सले ल्याएको योजनामा इच्छाएको व्यक्ति वा बच्चाको मूल्यु पछि पनि बीमाले निरन्तरता पाईरहने र सो बीमा परिवारको इच्छाएको व्यक्ति या दास्रो सन्तानमा हक हस्तान्तरण हुने नौलो व्यस्वस्था कम्पनीले ल्याएको छ।

प्रस्तावक जिकितै रहेको अवस्थामा भुत्तलनी अवधि समाप्त भएमा बीमांक र आर्जित बोनस एकमुष्ट पाउने व्यवस्था रहेको कम्पनीले जजानकारी दिएको छ।

जेष्ठ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्