हावाहुरीको सक्रियता धनुषा, सिन्धुली र सिराहा आसपासका क्षेत्रमा, सतर्क रहन आग्रह

काठमाडौं-नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाले हावाहुरीको सक्रियता धनुषा, सिन्धुली र सिराहा आसपासका क्षेत्रमा बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

शुक्रबार मौसम पूर्वानुमान महाशाखाले ट्विटर मार्फत धनुषा, सिन्धुली, सिराहा आसपासमा मेघ गर्जन र वर्षा सुरु भएको जानकारी दिएको छ।

विज्ञापन

ट्विटमा भनिएको छ, “यतिबेला देशको धनुषा, सिन्धुलि, सिराहा आसपासमा मेघ गर्जन र वर्षा शुरु भईसकेको अवस्था छ। यो प्रणालि थप मजवुत हुंदै हावाहुरि सहित पूर्व तिर सर्ने क्रममा रहेको देखिएकोले सतर्कता अपनाउन जरुरी देखिन्छ।’

यसअघि बुधबार राति सुदूर पश्‍चिम प्रदेशमा हावाहुरीका थुप्रै धनजनको क्षतिसँगै दुई जनाको ज्‍यान गएको थियो।

जेष्ठ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू