डान्सबारमा काम गर्ने व्‍यापारीले समेत पत्रकारको कार्ड लिएका छन्-सञ्चारमन्त्री बाँस्कोटा

दाङ-सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारले पत्रकारितालाई सम्मानित विश्वसनीय र जिम्मेवार बनाउन मिडिया काउन्सिल विधेक ल्याएको दाबी गरेका छन्।

नेपाल पत्रकार महासङ दाङ्ले शुक्रबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मिडिया काउन्सिल विधेयक प्रेसलाई नियन्त्रण गर्न नभइ नियमनका लागि ल्याइएको दाबी गरे।

प्रेसका जल्दाबल्दा मुद्दा छोडेर अहिले मिडिया काउन्सिल विधेकमा अनावश्यक छलफल गरिएको टिप्पणी गरे।

प्रेस सबल बनोस् भन्‍नेमा आफू लागेको भन्दै उनले अहिले नेपाल पत्रकार महासंघको सदस्यता डान्सवारमा काम गर्ने व्‍यापारीले पनि पाएको दाबी गरे।

उनले भने, ‘पत्रकार महासंघको सदस्यता डान्सवारमा काम गर्ने व्‍यापारीले  पनि लिएका छन्। तर पत्रकार महासंघले त्यो कुरा देख्दैन। जरिवानाको  विषयमा मात्रै हेरेर आन्दोलनको घोषणा गर्न आतुर हुन्छ।’

जेठ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्