भ्रष्टाचार विराेधी अभियन्ता शाहीलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश

काठमाडौँ– भ्रष्टाचारविरुद्ध नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीलाई गैरन्यायिक थुनाबाट मुक्त गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ।

शुक्रबार बन्दी प्रत्यक्षिकरणको रिटमा सुनुवाईपछि न्यायाधीश आनन्द मोहन भट्टराई तथा हरि फुँयालको इजलासले शाहीलाई गरैन्यायिक थुनामा राख्न नमिल्ने भन्दै तत्काल रिहा गर्न आदेश दिएका हुन्।

भष्ट्राचारविरुद्धको अभियानलाई वेवास्ता गरेकाे भन्दै युट्यूव मार्फत उनले सुर्खेतका पत्रकार हरुको आलोचना गरेपछि त्यसैका आधारमा स्थानीय पत्रकारहरुले उनीविरुद्ध साइबर क्राइम अन्तर्गत प्रहरीमा उजुरी हालेका थिए। त्यसैको आधारमा प्रहरीले उनलाई सुर्खेतबाटै गरिफ्तार गरी काठमाडौँ ल्याएको थियो।

प्रहरीले उनलाई चरम यातना दिएको र ती सबै गतिविधिहरु हत्याको उद्देश्यले भएको नेपालका लागि नेपाली अभियानका संयोजक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले बताए।

शाहीसँगै सुर्खेतबाट गिरफ्तार अन्य नौँ जना भ्रष्टाचार विरोधी अभियन्तालाई पनि प्रहरीले सुर्खेतबाट रिहा गरेकाे छ।

जेठ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्