बर्थिङ सेन्टर सञ्चालनमा

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ को पालामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । भवनमा नियमित उपचार सेवासहित चौबिसै घण्टा सुत्केरी सेवा दिने गरी बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकारको बहुवर्षे कार्यक्रमअन्तर्गत रु एक करोड ६२ लाखको लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको हो । भवन सम्पन्न भएर उपचार सेवा पनि सञ्चालनमा आएपछि शुक्रबार गाउँपालिका अध्यक्ष अमर थापाले भवनको उद्घाटन गरे । उनले हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न स्वास्थ्यचौकी भवन उपयोगी भएको बताए।

नियमित स्वास्थ्यकर्मी बस्नुपर्ने भएकाले वडा तहबाट आवास व्यवस्थापन र स्वास्थ्यचौकीसम्म सहज सडक निर्माणका लागि रु पाँच लाख लगानी गरिएको वडाध्यक्ष खड्ग थापाले बताए। ‘गाउँमै सहज स्वास्थ्य सेवा सञ्चालनका लागि पूर्वाधार मात्र भएर पुग्दैन, सामग्री पनि चाहिन्छ भनेर हामीले सहयोग गरेका हौँ’, थापाले भन्नुभयोे, ‘स्वास्थ्यकर्मीलाई गाउँमै बस्ने र रमाउने वातावरण दिन पनि हामीले सहयोग गरेका छौँ ।’

जेष्ठ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू