कोरियाली भाषा परीक्षा सुरु, अघिल्लो वर्ष भन्दा १० हजार धेरै परीक्षामा सहभागी

काठमाडौँ—दक्षिण कोरिया जानका लागि आवश्यक कोरियाली भाषा परीक्षा शनिबारदेखि सुरु भएको छ।

आइतबारसम्म चल्ने उक्त परीक्षा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत लिइने गरिन्छ। ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीका अनुसार दुई चरणमा विहान १० बजेदेखि ५० मिनेट र साढे १ देखि ५० मिनेटसम्म परीक्षाको समयअवधि तोकिएको छ।

आउँदो अंग्रेजी वर्ष दक्षिण कोरियाले १० हजार ५० जना नेपाली कामदार लग्ने बताएको छ। तर कोरियाली भाषा परीक्षा दिनेको संख्या नेपाली युवाको संख्या ९२ हजार ३ सय ५६ जना रहेको भण्डारीको भनाई छ।

काठमाडौँ, ललितपुर र पोखरामा गरी ३२ स्थानमा परीक्षा केन्द्र तोकिएको भण्डारीले बताए। भण्डारीका अनुसार अघिल्लो वर्ष भन्दा यो वर्ष उक्त भाषामा परीक्षा दिने १० हजार विद्यार्थी बढेका छन्। उक्त परीक्षाको नतिजा आगामी असार १३ गते सार्वजनिक गरिनेछ।

जेठ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्