तेस्रो दिनमा १०० करोड क्लबमा पुग्न चुक्यो ‘भारत’

सलमान खान बक्स अफिसका राजा हुन्। उनी अभिनित चलचित्रले बक्स अफिसमा धमाकेदार कमाई गर्छ। इदमा प्रदर्शनमा आएको चलचित्र ‘भारत’ ले आक्रमक व्यापार गरेको थियो। ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार चलचित्र चलचित्र १०० करोड क्लबमा इन्ट्रि हुने निश्चित छ र सुरुको दिनको तुलनामा कम व्यापार गरेकोले चलचित्र तेस्रो दिनमा करोड क्लबमा पुग्न चुकेको छ।

विज्ञापन


अहिलेसम्म चलचित्रको जम्माकमाई ९५ करोड ५० लाख पुगेको छ। भारत देशभर ४२ सय स्क्रीनमा प्रदर्शन भईरहेको छ। चलचित्रलाई राम्रो प्रतिक्रिया आइरहेको छ। चलचित्रको आक्रमक कमाईलाई आँकलन गर्दा चलचित्रले एक सय ५० करोड क्लबमा सजिलै इन्ट्रि पाउने देखिएको छ। चलचित्रलाई साप्ताहिक बिदा ‘आइतबार’ ले पनि फाइदा पु¥याउने देखिन्छ।

बजार अनुगमनकर्ता तरण आदर्शको अनुसार चलचित्र सन् २०१९ को सबैभन्दा राम्रो प्रदर्शन गरेको छ। हलिउडको चलचित्र ‘एभेन्जर्स इन्डगेम’ ले पहिलो दिन भारतमा ५३ करोडको व्यापार गरेको थियो। भारतले देशभरमा ४२ करोड ३ लाखको व्यापार गरेको थियो। प्रदर्शनको दोस्रो दिन ३१ करोड कमाएरको चलचित्रले तेस्रो दिन कम कमाई गरेको हो।

चलचित्रमा सलमान खानसँगै कट्रीना क्याफ, सुनिल ग्रोबर, आशिफ शेख र दिशा पाटनी लगायतको मुख्य अभिनय रहेको छ। चलचित्रलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन्।

जेष्ठ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्