१८ जुनमा लिब्रा नामक क्रिप्टोकरेन्सी सार्वजनकि गरिने

फेसबुकले ल्‍याउँदैछ विद्य‌ुतीय मुद्रा ‘क्रिप्टोकरेन्सी’

विश्‍वभर सामाजिक सञ्जालमा एकछत्र राज गरिरहेको फेसबुकले चाँडै नै विद्युतीय कारोबारको लागि ‘क्रिप्टोकरेन्सी’ प्रचलनमा ल्‍याउने भएको छ। तत्काल उक्त विद्युतीय मुद्रालाई लिब्रा नाम राखिए र आउँदो जुन १८ तारिक (असार ३ गते) सार्वजनकि गर्ने टेकक्रन्चले जनाएको छ।

फेसबुकका अनुसार उक्त ‘क्रिप्टोकरेन्सी’लाई सेतो कागजमा आधारभूत व्‍याख्या र विष्लेषणसहित बहुराष्ट्रिय कम्पनीहरु समक्ष प्रोजेक्टको रुपमा प्रस्तुत गरिनेछ।

विज्ञापन

क्रिप्टोकरेन्सीलाई विश्‍वबजारमा खुद्रामा परिणत गरेर डलर जस्तै बनाउन र मुद्राको मूल्‍यको रुपमा फैलाउन ऋणको रुपमा मद्दत गर्ने उत्तरी युरोपका वित्तीय प्रमुखले जर्मन म्‍यागाजिनका रिष्टचाफ्टवोच सेब्स्टेन क्रिस्चलाई भेटघाटपछि बताएका छन्।

उनले भनेका छन्, ‘मैले लौरासँग मनि२०२० युरोपको आम्सटरदनमा मंगलबार भेटेको थिए। उसले त्‍यसपछि फेसबुकको विद्युतीय कारोबारबारेमा अनौपचारिक कुराकानीभयो।आफू त्‍यसमा प्रत्‍यक्ष रुपमा सहभागी नभए पनि डेभिड मार्कस भने फेसबुकको ब्लकचेन टेक्नोलोजीले भने आन्तरिक रुपमा काम गरिरहेको छ। तर पनि म जुन १८ सम्‍म पर्खिन्छु र पानामै पढ्ने आशामा छु।’

यस्तै फेसबुकको सूचना प्रमुखद्वय एलेक्स हिथ र जोन भिक्टोरले समेत जुन महिनामै क्रिप्टोकरेन्सी सार्वजनकि हुने जानकारी दिएको टेकक्रन्चले उल्लेख गरेको छ। तर फेसबुकले भने आफ्नो उक्त क्रिप्टोकरेन्सी प्रोजेक्टबारेको समाचारबारे टिप्पणी गर्न अस्विकार गर्दै आएको छ। तर स्रोतहरुका अनुसार फेसबुकले सन् २०२० लाई लक्षित गरेर औपचारिक सार्वजनिक गर्ने योजनामा रहेको छ।

फेकबुकका लागि ब्लकचेन टेक्नोलोजी प्रमुख डेभिड मार्सक (दायाँ ) कुराकानी गर्दै।

तर लिब्राको माध्‍यमबाट भने फेसबुकमा कल गर्न सकिनेछ भने सामाजिक नेटवर्कमा भुक्तानीको लागि समेत कल गर्न सकिने छ। यसको प्रयोग साथीको बीचमा कम र बिना पैसा प्रवासीहरु जो विदेशमा काम गरिरहेका छन् उसको लागि बढी लाभदायी हुने बताइएको छ। यसलाई एउटा मनी ट्रान्सफरको रुपमा विकास गरिनेछ।

यस्तै अप्रत्यक्ष रुपमा क्रेडिट कार्डबाट हुने कारोबारलाई पनि अब क्रिप्टोकरेन्सीमा रुपान्तरण गरेर फेसबुकले सजिलो अवसर बनाइदिनेछ भने परम्परागत व्‍यापार, व्‍यावसायलाई सजिलो, भरपर्दो र छरितोको रुपमा माइक्रो फाइनान्सको सुविधा दिनेछ।

यतिमात्र होइन यसले स-सना समाचार आर्टिकलहरुकव लागि पनि माइक्रोट्रान्सको सुविधा प्रदान गर्न सक्नेछ। साथै कुन ब्राण्ड,कति लोकप्रियता लगायत फेसबुकले विज्ञापन मापन, र्‍याङकिङ तथा मुख्‍य व्‍यावसायलाई लक्षित गर्न सहयोगी भूमिका निभाउनेछ।

फेसबुकले क्रिप्टोकरेन्सीमा कसरी काम गर्छ ?


फेसबुकले आफ्नो नाम लिब्रा कोडनेम राखे जस्तै प्रयोगकर्ताकै नाममा क्रिप्टोकरेन्सी बनाउनेछ। यसलाई पछि विश्वले ग्लोबल क्वाइनको रुपमा चिन्‍नेछैनन् किनकी यसलाई फेसबुकले छुटै नाममा दर्ता गरिसकेको छ, जसलाई लिब्रा नेटवर्कस् भनिएको छ र यसको आर्थिक कारोबार स्विटजरल्याण्डबाट हुने रोयटर्सले दाबी गरेको छ। लिब्रा लिबोरको पूर्ण रुप हो जसको अर्थ हुनेछ, लण्डन इन्टर बैंक अफर रेट। यही नै पछि विश्व व्‍यापी रुपमा बैंकिङ कारोबारमा काम लाग्‍नेछ। तर अहिले यसलाई भने मानिसहरुले कसैको नामसँग जोडेर हेर्ने गरेका छन् जुन विल्कुलै होइन।

टोकन- यो क्रिप्टोकरेन्सी स्थिर मुद्राको रुपमा रहनेछ। यसको टोकन डिजाइन नै स्थिरता कायम गर्नको लागि बनाइएको छ। किनकी मुद्रा स्फिति जथाभावी नहोस भनेर पहिल्यै सचेतता अपनाएर योजना अनुरुप डेकोरेशनको प्रक्रिया गरिएको छ।

यस्तै बहुराष्ट्रिय कम्पनीहरुलाई समेत मुद्राको स्फितिको रिस्कमा काम गर्न सहज र स्थिर होस भनेर फेसबुकले यसको लागि विभिन्‍न फाइन्नान्सियल तथा वित्तिय संस्थाहरुलाई करीब १ विलयन डलर छुट्याइसकेको छ भने धेरै मुलुकसँग यसलाई कसरी स्थिरता कायम राख्‍ने भन्‍नेबारेमा काम समेत गरिरहेको छ।

प्रयोग कसरी हुनेछ ?


फेसबुकले ल्‍याउने यो पैसा शुन्‍य लागतमा पार्दर्शिताका हिसाबले म्‍यासेन्जर र ह्वाट्स एप्समार्फत कार्यान्वयन हुनेछ। फेसबुकले यसको लागि थुप्रै मर्चेन्टसँग सहकार्यमा पेमेन्ट र साइन अप बोनसबारे काम गरिरहेको छ।

यकासाथै फेसबुकले भौतिक रुपमा बैंकको एटिममार्फत समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न सक्‍ने बताएको छ।

टीममा को को सहभागी ?


फेसबुकको ब्लकचेन प्रोजेक्टमा अहिले खासगरी पेपालका पूर्व अध्‍यक्ष र फेसबुक म्यासेन्जरका प्रमुख डेभिड मार्कस देखिएका छन्। तर उनीहरुको टीममा इनस्टाग्रामका पूर्वअध्‍यक्ष केभिन वेइल, फेसबुकका फर्मर कोरपोरेट प्रमुख सुनिता पारासौरमन कार्यरत छन्। यसका साथै पारासौरमनलाई क्रिप्टोकरेन्सीमा काम गर्ने थुप्रै इन्जिनियरहरुले सघाइरहेका छन्।

सरकारी निकायसँग सहकार्य


फेसबुकले एउटा स्वतन्त्र फाउन्डेशन बनाउनको लागि र क्रिप्टोकरेन्सीलाई निरीक्षण गर्नको लागि सरकारी निकायसँग पनि सहकार्य गर्ने भएको छ। विभिन्‍न कम्पनीहरुले रकमलाई चुस्त र दुरुस्त रुपमा उपयोग गर्न सरकारी निकायको मद्दत चाहिने भएकाले सँगै सहकार्यका लागि १० बिलियन डलर छुट्याएको छ।

यसलाई फेसबुकले सरकारी प्रोजेक्ट पनि भनेको छ।किनकी पछि फेसबुक एक्लैले यसको नियमिततालाई धान्‍न सकेन भने सरकारी निकायले सम्हाल्‍न सक्‍ने योजनाका साथ अगाडि बढेको छ।