फाेटाे फिचर

‘मिडिया काउन्सिल विधेयक’ को विरोधमा सडकमा उत्रिए पत्रकार

काठमाडौँ– नेपाल पत्रकार महासंघको नेतृत्व र विभिन्न सञ्चार माध्यम तथा पेशागत समूहका प्रतिनिधीहरुको सहभागितामा सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयक विरुद्ध राजधानीमा विरोध प्रर्दशन भएको छ।


विभिन्न संचार माध्यमका सम्पादकहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा पदाधिकारीहरु सहित अन्य सहभागिहरुले मानव साङ्लाे निर्माण गरी माइतिघर मण्डलामा एक घण्टासम्म विरोध प्रदर्शन गरेका छन्।

विज्ञापन

विरोध प्रदर्शनमार्फत पत्रकारहरुले तत्काल प्रस्तावित विधेयक फिर्ता नभएमा सरकार विरुद्ध कठोर दवावमूलक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

 

 

 

जेष्ठ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्