विश्वकप क्रिकेट

विशाल लक्ष्य बंगलादेशले पूरा गर्न सकेन, इंग्ल्याण्डको प्रभावशाली जित

जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति सकिएको खेलमा इंग्ल्याण्डले प्रभावाशाली जित दर्ता गरेको छ । कार्डिफमा भएको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई १०६ रनले पराजित गरेको हो ।

३८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभर पाँच बलमा सबै विकेट गुमाएर २८० रन बनायो ।

उसका लागि शकिब अल हसनले १२१ तथा मुशफिकर रहिमले ४४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । इंग्ल्याण्डका जोफ्रा अर्चर र बेन स्टोक्सले समान तीन तीन तथा मार्क वुडले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ६ विकेटको क्षतिमा ३८६ रनको विशाल रन बनायो । उसका लागि ज्यासन रोयले १५३ रनको पारी खेले । यस्तै जोस बट्लरले ६४ तथा जोनी बेयरस्टोले ५१ रनको योगदान दिए ।

बंगलादेशका मोहम्मद सैफउद्दिन र मेहदी हसनले दुई दुई विकेट लिए । आयोजक इंग्ल्याण्डको तीन खेलमा यो दोस्रो जित हो भने बंगलादेशको तीन खेलमा दोस्रो हार हो ।

जेठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्