महिला विश्वकप फुटबल

विश्वकपमा जर्मनी, स्पेन र नर्वेको विजयी सुरुवात

फ्रान्समा जारी महिला विश्वकप फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा जर्मनी, स्पेन र नर्वे विजयी भएका छन् ।

समूह बी मा रहेको जर्मनीले चीनलाई १ ० ले पराजित गरेर प्रतियोगितामा विजयी सुरुवात गरेको हो । उसको जितमा किशोरी गिउलिया थवीनले ६६ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यस्तै समूह बी अन्तर्गतकै खेलमा स्पेनले दक्षिण अफ्रिकालाई ३ १ ले हारएको छ । स्पेनको जितमा जेनिफर हरमोसोले दुई तथा लुइसिया गार्सियाले एक गोल गरिन् ।

१० खेलाडीमा सीमित भएको दक्षिण अफ्रिकाका लागि क्गाट्लानाले एक गोल गरिन् । विलाकाजी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका अन्तिमको ८ मिनेट १० खेलाडीमा सीमित भएको थियो ।

यसैगरी समूह ए अन्तर्गत शनिबार राति भएको खेलमा नर्वेले नाइजेरियालाई ३ ० ले पराजित गरेको छ । नर्वेको जितमा रिटेन र उट्ल्याण्डले एक एक गोल गरे । यस्तै नाइजेरियाकी ओहालेले आत्मघाती गोल गरिन् ।

जेठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्